टिपरको ठक्करबाट दुई जना घाइते

टिपरको ठक्करबाट दुई जना घाइते

नुवाकोटमा आइतबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

जिल्लाकाे बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा बिहान ९ बजे बा४ख ३०१७ नम्बरको टिपरले बा९२प १११९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको पोखरा महानगरपालिका–१३ घर भई नुवाकोट बस्दै आएका ३२ वर्षीय भरतप्रसाद बराल र पछाडी सवार नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३० वर्षीय दिपक पुडासैनी घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारको लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरसहित चालकलाई प्रहरी चौकी तारुकाले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.