टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

टिपरको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

सिदार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसने ७ लामिडाँडामा  ट्रिप्परले मोटरसाईकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएकाे छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।

तानसेनदेखी बुटवल आउँदै गरेको लु. ७ प ४३४ नम्बरको मोटरसाईकलाई सोही दिशाबाट आउँदै गरेको लु २ ख ३१७८ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार तानसेन नगरपालिका बार्ड ७ कि ५५ वर्षीय मधु श्रेष्ठको मृत्यु भएको हाे ।

ट्रिप्परकाे ठक्करबाट उनका श्रीमान् हिमालप्रसाद श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।

प्रहरीले ठककर दिने टिपरलाई नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.