टिपरको ठक्करबाट महिलाको मृत्यु

टिपरको ठक्करबाट महिलाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीचोक नजिकै टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय झण्डहवा गाउँदेखि कोहलपुर–नेपालगञ्ज सडकतर्फ आइरहेको रा१ख २१८८ नम्बरको टिपरले बुधबार बिहान ठक्कर दिँदा साइकलमा सवार कोहलपुर–९ की करिब ४५ वर्षीया रामपति थारूको मृत्यु भएको हाे ।

टिपरको ठक्करबाट गम्भीर घाइते थारूलाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पुर्‍याउँदा मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकाे छ ।

ठक्कर दिने चालक र टिपरलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.