असिनापानीले चुटेर बालकको मृत्यु

असिनापानीले चुटेर बालकको मृत्यु

अर्घाखाँचीमा असिनापानीले चुटेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाकाे शितगङ्गा नगरपालिका –१२ रजिया रातामाटाका १० वर्षीय विकास नेपालीको गएराति परेको असिनापानीले चुटेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएकाे छ ।

सुस्त मनस्थितिका नेपाली हिजो दिउँसो रजियाको रातामाटाको घरबाट हिँडेको र डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका हुन् । बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.