स्कूल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

स्कूल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

सिरहा नगरपालिका–२२ स्थित भित्री सडकखण्डमा आइतबार साँझ स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

शिक्षादीप बोर्डिङ्ग स्कुलको ध१ख ३५७ नम्बरको बसको ठक्करबाट सिरहा नगरपालिका–२२ बङ्गठीया निवासी नरेशकुमार सिंहको दुई वर्षीय छोरा पङ्कजको घटनास्थलमै मृत्यु भएको हाे ।

बाटोमा खेलिरहेको बालकलाई बसले ठक्कर दिएपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.