बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु

बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु

दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर सोमबार बिहान एक महिलाको मृत्यु भएको छ ।

तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा लडेर सोही ठाउँकी ५५ वर्षीया सुशिला वलीकाे मृत्यु भएको हाे ।

दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएकाे छ । दुर्घटनामा संलग्न बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.