म्याग्दीमा जिप दुर्घटना : ९ घाइते,गम्भीर घाइते दुई जनाको हेलिकोप्टरमार्फत उद्धार

म्याग्दीमा जिप दुर्घटना : ९ घाइते,गम्भीर घाइते दुई जनाको हेलिकोप्टरमार्फत उद्धार

म्याग्दीको रघुगंगा गाउँपालिका – ४ दग्नामको कान्छीगाउँमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

दग्नामबाट बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको बोलेरो जीप सडकदेखि करिब १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा दग्नामकी ९ वर्षीया मिञ्जा पुन, ४९ वर्षीया भदेवी गर्बुजा,३६ वर्षीय सुकमाया गर्बुजा, ३० वर्षीय हमाया पुन, ७ वर्षीय युबी गर्बुजा, ५० वर्षीय मनबहादुर तिलिजा, ३ वर्षीय बर्षा शेरपुञ्जा, १३ वर्षीय तासिना शेरपुञ्जा र ५ वर्षीय अशिम गर्बुजा घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दग्नामकी ९ वर्षीया मिञ्जा पुन र ४९ वर्षीया भदेवी गर्बुजालाई एयर डाइनेस्टिको हेलीकोप्टरबाट मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ भने  बेनी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएकाे छ ।

रोकिराखेको जिपको गियर गाडिमा रहेका बालबालिकाले चलाउदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.