एसइई दिन आएकी किशोरीको बसबाट खसेर मृत्यु

एसइई दिन आएकी किशोरीको बसबाट खसेर मृत्यु

प्यूठानमा एसइई दिन आएकी एक किशोरीको बसबाट खस्दा मृत्यु भएको छ ।

४ गते बिहान करिब १२ बजे प्यूठान नगरपालिका वडा नं सात पुण्यखोलाबाट वाग्दुलातर्फ जाँदै गरेको ना३ख ३८८३ नंको बसमा चढ्ने क्रममा घाइते भई बिहीबार मृत्यु भएको हो ।

उक्त बसबाट खस्दा गम्भीर घाइते भएकी वडा नं ६ लङ्कवाङ निवासी १८ वर्षीया सीमा भण्डारीको उपचारका क्रममा काठमाडौंको ब्लुक्रस हस्पिटलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएकाे छ ।

गम्भीर घाइते भएकी भण्डारीलाई जिल्ला अस्पताल बिजुजारमा सामान्य उपचारपश्चात् भैरहवा मेडिकल कलेजमा उपचार सम्भव नभएपछि पुनःकाठमाडौंको ब्लुक्रस हस्पिटलमा ल्याइएकाे थियाे ।

प्रहरीले सवारी र चालकलाई  नियन्त्रणमा लिएकाे छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.