सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

सवारी दुर्घटनामा परी एक जनाको मृत्यु, चार जना गम्भीर घाइते

सवारी दुर्घटनामा परी सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडास्थित भित्री सडकखण्डमा मुडेबाट ब्यासतर्फ आउँदै गरेकाे बा५ख २४१६ नंको मिनीट्रक दुर्घटना हुँदा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ चोचेडाँडाका ३८ वर्षीय कृष्णवीर तामाङको मृत्यु भएको हाे ।

मिनीट्रकका पछाडि बसेका तामाङ ट्रकबाट खसेर त्यही ट्रकको टायरमा टाउको परेकाले घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएकाे छ । सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेकाे छ ।

ट्रक दुर्घटना हुँदा चार गम्भीर घाइते

सिन्धुपाल्चोकको हेलम्बुमा ट्रक दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । हेलम्बु गाउँपालिका–१ बाट मेलम्ची फर्किदै गर्दा बा३ख ७९६८ नंको ट्रक गनेशेमा आज बिहान दुर्घटनामा परेको थियो ।

ट्रकमा सवार चारै जना घाइतेको मेलम्चीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजान लगिएको इलाका प्रहरी कार्यलय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानेले जानकारी दिए ।

चालक निदाएका कारण दुर्घटना परेको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । घाइते हुनेमा सुनकोशी–५ का चालक पासाङ तामाङ, सोही गाउँपालिकाका २५ वर्षीय ग्यालसन तामाङ, मेलम्ची–१० का १९ वर्षीय राजन सुनार र बाह्रबिसे नगरपालिकाका २१ वर्षीय लालबहादुर तामाङ रहेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.