रुकुममा आगलागीमा परी १ जनाको मृत्यु
रुकुमपश्चिममा आगलागीमा परी आज बिहान एक महिलाको मृत्यु भएको छ ।
आठबिसकोट नगरपालिका–३ खदिकी ३५ वर्षीया लाली बोहरा देवकोटाको मृत्यु भएको हो । डम्बर देवकोटाको तीनतले घरमा अकस्मात आगलागी हुँदा भान्साकोठामा खाना बनाइरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार घरमा स्टोर गरेर राखिएको पेट्रोलियम पदार्थ लिक भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीबाट घरका सम्पूर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएकाले देवकोटाको अन्य सदस्य भने सामान्य रहेको बताइएको छ । आगलागीको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
यसैबीच जिल्लाको बाँफिकोट गाउँपालिका–९ तार्सिबाङमा एक पुरुष मृतावस्थामा फेला परेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतावस्थामा फेला परेका व्यक्ति सोही वडाको झूला निवासी ४६ वर्षीय सार्की गिरी रहेका छन् ।
जेठ १ गते दिउँसो आफन्तको घरमा गहुँ किन्न निस्केका गिरी साँझसम्म घर नफर्किएपछि खोजतलास गर्ने क्रममा तार्सीबाङ मनघर भन्ने स्थानमा शुक्रबार बेलुकी मृतावस्थामा उनको शव फेला परेको हो । मृतक गिरीको मुचुल्का कार्य सम्पन्न गरिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
अरु समाचार
पाल्पा बस दुर्घटना, छ जना मृतकको सनाखत
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको ...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पु...
बस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते
सुनकोशी गाउँपालिका-३ छापागाउँस्थित सडकमा बा.३ ख ८०३० नम्बरको बस आफै...
मोटरसाइकलको ठक्करबाट पदैल यात्रीको मृत्यु
उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश ...
रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत...
उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखु...
सुमो दुर्घटनामा चालकको मृत्यु तथा ४ जना घाइते
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ना.१ ज २११४...
ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाए...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित सडकमा ना.८ ख १९८९ नम्बरको ...