ट्रकबाट लडेर एक जनाको मृत्यु

ट्रकबाट लडेर एक जनाको मृत्यु

सुनसरीको हरिनगरा गाउँपालिका-२ का ४० बर्षीय पवन गुप्ताको ट्रकबाट लडेर मृत्यु भएको छ ।

मंगलवार दिऊँसो हरिनगरा-६ घुस्कि बजारमा को १ ख ७९०० नम्बरको ट्रकबाट खाद तथा चामल झार्ने क्रममा अचानक ट्रकबाट लडेर घाईते भएका गुप्तालाई उपचारको लागी जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.