करेन्ट लागेर एक युवकको मृत्यु

करेन्ट लागेर एक युवकको मृत्यु

रौतहटको देवाही गोनाही नगर क्षेत्रमा करेन्ट लागेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

देवाही गोनाही ६ का राम अयोध्या ठाकुरको आँगनमा ट्युबवेल गाड्ने क्रममा फलामको पाइपले तार छुन पुग्दा कटहरिया नगरपालिका ६ हरि सहनीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी सोही ठाउँका छोरा मोति सहनी गम्भीर घाइते भएका छन्  । घाइते सहनीको प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार भैरहेको छ ।

घटनाबारे अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.