राँगाको आक्रमणबाट एक महिलाको मृत्यु

राँगाको आक्रमणबाट एक महिलाको मृत्यु

रौतहटमा राँगाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

जिल्लाकाे पूर्वीभेग बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पाश्वानको घटनास्थलमै मृत्यु भएको हो ।

अन्य तीनजना महिलासंग वनबाट  दाउरा ल्याउँदै गर्दा  शुक्रबार साँझ एक्कासि वनभित्रै राँगाले आक्रमण गर्दा पाश्वानको ज्यान गएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएकाे छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.