बालुवा निकाल्ने क्रममा पुरिएर दम्पतीको मृत्यु

बालुवा निकाल्ने क्रममा पुरिएर दम्पतीको मृत्यु

जाजरकोटमा स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा  पुरिएर मङ्गलबार एक दम्पतीको मृत्यु भएको छ ।

जिल्लाकाे खिरखिरेस्थित बालुवा खानिबाट बालुवा निकाल्ने क्रममा पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका–१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए।

सिंह दम्पतीसहित सोही गाउँका कमला सिंह, तारा सिंह, लक्ष्मी सिंह र तारा सिंहको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडितको भनाइ छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.