ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

दाङमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपलिका–२ स्थित कुमलगढीमा रा १ त ७५७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका–१४ घर भएका २७ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हाे ।

ट्याक्टरकाे ठक्करबाट गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.