ओखलढुंगामा एम्बुलेन्स दुर्घटना ,चालकको मृत्यु

ओखलढुंगामा एम्बुलेन्स दुर्घटना ,चालकको मृत्यु

ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहिबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जादै गरेको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिकेभिरमा दुर्घटना हुँदा एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ वर्षीय सुदर्शन खत्रीको घटनास्थलमै मृत्यु भएको हाे ।

एम्बुलेन्स सडकबाट झण्डै २ सय मिटर तल खोलामा खसेको थियाे ।  घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.