टिपरको ठक्करबाट घाइते सेनाको मृत्यु

टिपरको ठक्करबाट घाइते सेनाको मृत्यु

टिपरको ठक्करबाट घाइते भएका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ।

आँबुखैरेनी-गोरखा सडकखण्डको पन्ध्रकिलोस्थित घुम्तीमा बुधबार टिपरले नेपाली सेनाको गाडीलाई ठक्कर दिँदा घाइते भएकामध्ये सेनाका जवान पालुङटारका प्रेम परियारको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो।

घाइते सैनिक जवान परियारको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको गोरखास्थित रणसिंह दल गणले जनाएको छ।

बा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई लु १ त ३८४६ नम्बरको टिपरले ठक्कर दिएको थियो।

दुर्घटनामा अर्का सैनिक जवान रञ्जिन राना घाइते छन्। उनको उपचार भइरहेको छ। टिपर र चालकलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.