छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएकाे छ ।

काठमाडौं, काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित सडकमा बा.७४ प ६८६१ नम्बरको मोटरसाइकल र प्रदेश नम्बर ३-०२-००३ प ४१५० नम्बरको स्कुटर एक-आपसमा ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्खेत बीरेन्द्रनगर नगरपालिका-१२ घर
भएका ३० वर्षीय प्रेमराज पौडेलको मृत्यु भएको छ ।

मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाइकल चालक पौडेल उछिट्टिएर अर्को गाडीमा ठोक्किएर गम्भीर घाइते भएकोमा ओम अस्पताल चावहिलमा उपचारको क्रममा उनको मृत्यु भएको हो । तीनवटै सवारी साधन र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, हनुमाननगर कंकालनी नगरपालिका-१ कंकालनी मन्दिरस्थित सडकमा स.१ प २९४८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सुनसरी कप्तानगंज गाउँपालिका-२ बस्ने ६५ वर्षीया वुधनी देवी रामको शनिबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर, भिमफेदी गाउँपालिका-१ खोप्लाङस्थित सडकमा ना.६२ प ९७१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक हेटौंडा उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय दिपेश पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर
घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अर्घाखाँची, सितगंगा नगरपालिका-३ ठाँडा रिपाहास्थित सडकमा काठमाडौंबाट सन्धिखर्कतर्फ जाँदै गरेको बा.१५ च २७०६ नम्बरको स्कारपिओ गाडी सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा गाडीमा सवार पाल्पा रैनादेवी गाउँपालिका-
८ बस्ने ३८ वर्षीय पाण्डव छहारीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी ठाडामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते
भएका गाडीका चालक काभ्रे पाँचखाल नगरपालिका-१३ बस्ने २३ वर्षीय लिला तामाङको सोही स्वास्थ्य चौकी हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ ।

झापा, कमल गाउँपालिका-३ केर्खास्थित सडकमा मे.१० प ९८२६ नम्बरको मोटरसाइकले सडकमा उभिएको राँगालाई ठक्कर दिई शनिबार राति दुर्घटना हुँदा चालक झापा गाउँपालिका-६ शरणामती बस्ने २७ वर्षीय प्रदिप लम्सालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लाईफ लाईन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार झापा गाउँपालिका-६ बस्ने २६ वर्षीय धर्मेन्द्र सुवेदीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.