मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा युवकको मृत्यु

मोरङको बेलबारी नगरपालिका–३ स्थित पूर्व—पश्चिम राजमार्गमा गएराति मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २८ प ७४३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार सुनसरी जिल्ला धरान–१७ बस्ने ३० वर्षीय सञ्जीव विश्वकर्माको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका विश्वकर्माको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलवारीका प्रहरी निरीक्षक रामजी कट्वालले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकलका चालक धरान–१७ कै २२ वर्षीय विजय विश्वकर्मा गम्भीर घाइते भएकाले उहाँको धरानमै उपचार भइरहेको छ ।

चट्याङ लागेर मृत्यु

यसैबीच, ग्रामथान गाउँपालिका–५, गिधनिया बस्ने २२ वर्षीय पुरुषोत्तम माझीको चट्याङ लागेर बिहीबार मृत्यु भएको छ ।

आफ्नै घरमा काम गर्ने क्रममा लागेको चट्याङले गम्भीर घाइते हुनुभएका उहाँको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.