जीप दुघटना हुँदा दुईको मृत्यु

जीप दुघटना हुँदा दुईको मृत्यु

छविसपाथीभेरा गाउँपालिका–४ मेलपानीमा आज अपराह्न से१ज ८३७ को जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ वर्षीया ज्वालादेवी रहेको तथा तिनका दुई छोराछोरी घाइते भएको छविसगाउँपालिका उपाध्यक्ष राधिकाकुमारी रतालाले जानकारी दिनुभयो । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सिम्खेत ल्याइँदैछ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.