दुर्घटनामा दुईजनाको मृत्यु

दुर्घटनामा दुईजनाको मृत्यु

सिद्धलेक र थाक्रे गाउँपालिकामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा६प ५१७५ नं को कोइला बोकेको ट्रकले पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–८ मा ठक्कर दिँदा मकवानपुरको थाहा नगरपालिका निवासी ९ वर्षीय रंजीत मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

यस्तै सिद्धलेक गाउँपालिका फिसफिसेटारमा स्कूलबसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । धादिङबेँसीबाट मलेखु जाँदै गरेको बा९२प ८११० नं को मोटरसाइकललाई बा२ख ८९९६ नं को स्कूल बसले ठक्कर दिँदा मोटरसाइकल चालक ज्वालामूखी गाउँपालिका–४ का १९ वर्षीय सुजत भण्डारीको मृत्यु भएको छ । मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
–––

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.