मोटरसाइकल चालकको मृत्यु
भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ शान्ति मार्गबाट आइरहेको ना ५३ प ९७८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएपछि मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ बस्ने १८ वर्षीय पारस खत्रीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मोटरसाइकल सडकमा निस्किने क्रममा ट्र्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो । खत्रीको चितवन मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार नवलपुर गैँडाकोट–७ बस्ने १९ वर्षीय सुरज परियार घाइते भएका छन् । घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
अरु समाचार
पाल्पा बस दुर्घटना, छ जना मृतकको सनाखत
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको ...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पु...
बस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते
सुनकोशी गाउँपालिका-३ छापागाउँस्थित सडकमा बा.३ ख ८०३० नम्बरको बस आफै...
मोटरसाइकलको ठक्करबाट पदैल यात्रीको मृत्यु
उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश ...
रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत...
उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखु...
सुमो दुर्घटनामा चालकको मृत्यु तथा ४ जना घाइते
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ना.१ ज २११४...
ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाए...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित सडकमा ना.८ ख १९८९ नम्बरको ...