सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय बेपत्ता

सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय बेपत्ता

सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिकाअन्तर्गत जुरेस्थित सुनकोशी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक आइतबार नदीले बगाएर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा विहार प्रान्तअन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन् ।

उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.