खोलाको बीच भागमा फसेका ३ जनाको उद्धार

खोलाको बीच भागमा फसेका ३ जनाको उद्धार

कमलामाई नगरपालिका-१ र मरिण गाउँपालिका-७ को सिमानामा रहेको घाँगर खोलाको बीच भागको खाली बगरमा पानीको बहाव बढेर फसेका मरिण गाउँपालिका-७ बस्ने ५० वर्षीय कृष्ण देवकोटा र ५० वर्षीय  अर्जुन सापकोटाको सोमबार प्रहरीले सकुशल उद्धार गरेको छ ।

यसैगरी कमलामाई नगरपालिका-१ डाँडी गुराँसेस्थित मरिण खोलाको बिच भागको खाली बगरमा पानीको वहाव बढन गई गाई बस्तु चराई फर्कदै गरेको अवस्थामा फसेकी १७ वर्षीया रुपा कामीको समेत नेपाली सेना र सशस्त्र प्रहरी बलको सहयोगमा प्रहरीले सोमबार सकुशल उद्धार गरेको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.