बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् ।
इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । मृतकहरुको नाम, ठेगाना खुल्न नसकेको उहाँले बताउनुभयो ।
बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका ४२ को भरतपुर र नौ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
अरु समाचार
पाल्पा बस दुर्घटना, छ जना मृतकको सनाखत
पाल्पा बस दुर्घटनाका छ मृतकको सनाखत भएको छ । सात जनामध्ये एक जनाको ...
मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु
सुनसरी रामधुनी नगरपालिका-६ कान्छिचौक–चतरा सडक खण्डको सुनसरी खोला पु...
बस दुर्घटनामा २ जनाको मृत्यु, ३५ जना घाइते
सुनकोशी गाउँपालिका-३ छापागाउँस्थित सडकमा बा.३ ख ८०३० नम्बरको बस आफै...
मोटरसाइकलको ठक्करबाट पदैल यात्रीको मृत्यु
उदयपुर बेलका नगरपालिका ५ गलेनी स्थितमा पुर्वतर्फ जादै गरेको प्रदेश ...
रोकी राखेको टेम्पोमा रुख ढलेर एक जनाको मृत...
उदयपुर उदयपुरगढी गाऊपालिका ७ अधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखु...
सुमो दुर्घटनामा चालकको मृत्यु तथा ४ जना घाइते
मकवानपुरको ईन्द्रसरोबर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ना.१ ज २११४...
ट्याक्टर र टेम्पो ठोकिँदा दुईको मृत्यु
झापाको भद्रपुरमा भएको सवारी दुर्घटनामा परी आज दुई जनाले ज्यान गुमाए...
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
चन्द्रागिरी नगरपालिका-१२ गुर्जुधारास्थित सडकमा ना.८ ख १९८९ नम्बरको ...