एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित व्यारेजपुलबाट चैत्र ६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका २ चिसापानी बस्ने ३० वर्षिय भिमबहादुर गुरुङलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिनय त्रिवेणीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरुङलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोजन ३० वटा र स्पास्मो १६ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.