पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला

काभ्रेपलाञ्चोक जिल्लाको तिमाल गाउँपालिका २ लामाबगर स्थित सुनकोशी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव चैत्र ७ गते एपीएफ टोलीले नदिबाट निकालेको छ ।

चैत्र ६ गते सुनकोशी नदिमा पौडी खेल्ने क्रममा अन्दाजी १६ वर्षिय सुमन तामाङ्ग नदिमा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा काठमाडौ र नम्बर १५ गण हेक्वा काभ्रेपलाञ्चोकबाट गोताखोरसहितको एपीएफ टोली त्यसतर्फ खटिई गएको थियो ।

घटनास्थलमा खोजी गर्ने क्रममा एपीएफ टोलीले करीव २५ फिट तलबाट निज तामाङ्गको शव बिहान पौने १० बजे नदिबाट बाहिर निकालेको हो । एपीएफ टोलीले निज तामाङ्गको शव निजको आफन्तलाई बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.