एपीएफ टोलीद्वारा आठ केजी चाँदीका गहनासहित एक पक्राउ

एपीएफ टोलीद्वारा आठ केजी चाँदीका गहनासहित एक पक्राउ

एपीएफ टोलीले आईतबार दिउसाे झापा को मेची नगरपालिका ६ स्थित मेची भन्सार कार्यालयको यात्रु शाखामा करीव आठ केजी चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले जाँच गर्दा भारतको बंगालराज्य ज्याला जलपाईगुडी घर बताउने ३० वर्षिय मिठु सेनलाइ पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक केदार श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले उनको साथमा उक्त चाँदीको गहना भेटिएको थियो । उक्त गहना करीव ३ लाख ६४ हजार रुपैयाँ बराबरको रहेको छ ।

पक्राउ परेका निजलाई बरामद चाँदीका गहनासहित आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.