सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकमा पदोन्नती भएका अधिकृतहरुलाई चैत्र १७ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गर्नुभयो ।

नेपाल सरकार सचिवस्तरको यही चैत्र १५ गतेको निर्णयले उहाँहरु पदोन्नती हुनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायीकता तथा कार्यदक्षता लगाएत पेशागत जिम्मेवारी निर्वाहमा
पुर्‍याएको योगदानको समेत मूल्यांकन गर्दै पदोन्नती गरिएको चर्चा गर्नुहुँदै आगामी दिनहरुमा समेत उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिनुभयो ।

उहाँले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु आ–आफ्नो तहबाट पूर्णरुपमा व्यावसायीक भई जिम्मेवारी निर्वाहमा सधै तल्लीन रहनुपर्ने बताउनुहुँदै सकारात्मक सोचका साथ अगाडी बढेमा सफलता प्राप्त हुन सघाउ पुग्ने उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अधिकृतहरुले राष्ट्र र संगठनबाट प्राप्त जिम्मेवारीहरुलाई कुशलतापूर्वक सम्पन्न गर्दै फौजी अनुशासनमा रहेर नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद विपद्मा उद्धार कार्यमा सामूहिक भावनाका साथ तल्लीन रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.