एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित एक पक्राउ

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित एक पक्राउ

रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ वेलहिया ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले करीब १ लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराजगंज २७ जगनाथपुर घर बताउने २३ बर्षिय ममताज कुरैसी छन् । अवैध रुपले भन्साल छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लेडिज जुत्तासहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका निज कुरैसीलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.