एपीएफ टोलीद्वारा लागूऔषधसहित चार पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित चार पक्राउ

दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ पुलघाट ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।

सोही जिल्लाको दुहु गाँउपालिका ५ वस्ने अर्जुन बडाल, लोकेन्द्र बम, सुशिल कुँवर र महाकाली नगरपालिका ५ बस्ने तरुरी ऐरीलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दार्चुला नम्बर ५० गुल्मबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा १ सय १० ग्राम चरेस, कोरेक्स एक बोतल तथा नाइट्रोभेट ट्याब्लेट तीन वटा फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.