एपीएफ टोलीद्वारा लागूऔषध हेरोईनसहित दुई पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषध हेरोईनसहित दुई पक्राउ

पूर्व नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाँउपालिका ७ स्थित ब्यारेज पुल ईलाकाबाट चैत्र २९ गते एपीएफ टोली र स्थानीय प्रहरीले हेरोईन जस्तो देखिने ६ पुरिया धुलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

सोही ठाउँको २२ वर्षिय विक्रम लामा र २२ वर्षिय प्रभात बुढाथोकीलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिनय त्रिवेणीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो ।

लु. १८ प ४४५७ नम्बरको स्कुटीमा भारतबाट नेपालतर्फ आउँदै गरेको उनिहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित उक्त  हेरोईनकाे धुलो तथा स्कुटीसहितै पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद हेरोईन तथा उक्त स्कुटीसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.