बोटिङ्ग गर्ने क्रममा फेवातालमा खसेका तिन जनाको एपीएफ टोलीद्वारा उद्धार

बोटिङ्ग गर्ने क्रममा फेवातालमा खसेका तिन जनाको एपीएफ टोलीद्वारा उद्धार

बोटिङ्ग गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा  खसेका तीन जनाको एपीएफ टोलीले बिहीबार सकुशल उद्वार गरेको छ।

बोटिङ्ग गरिरहेको बेला अचानक आएको हावाहुरीको कारण एक डुंगामा पानी पस्न गई अलपत्र परेका  सप्तरीका ४० वर्षिय बोलबम चौरसीया, २८ वर्षिय पुन्दन चौरसीय र १२ वर्षिय भाष चौरसीया फेवातालमा खसेका थिए ।

सो घटनाबारे जानकारी प्राप्त हुनासाथै सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको नेतृत्वको एपीएफ टोली तत्कालै  उनीहरुको सकुशल उद्धार गरेको हो ।

 

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.