ईटलीमा सम्पन्न वर्कसपमा सहभागी भई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापा स्वदेश फिर्ता

ईटलीमा सम्पन्न वर्कसपमा सहभागी भई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापा स्वदेश फिर्ता

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा ईटलीको व्रिन्डीसीमा संचालित ‘युनाईटेड नेशन्स पुलिस ट्रेनिङ आर्किटेक्चर वर्कसप’मा सहभागी भई स्वदेश फर्किनुभयो ।

सोही वर्कसपमा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राई समेत स्वदेश फर्किनु भएको छ ।

अतिरिक्त महानिरीक्षकद्वयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल लगायत बरिष्ठ अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।

यही जेष्ठ २८ गतेदेखि ३१ गतेसम्म संचालित चार दिन अवधिको उक्त वर्कसपमा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त वर्कसपमा सहभागि हुन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापा जेष्ठ २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.