एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

धनुषा जिल्लाको औरही गाँउपालिका ६ चक्करचोक तथा जनकपुर महानगरपालिका ४ क्याम्पस चोकबाट साउन २० गते एपीएफ टोलीले करीब ६ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामानहरु बरामद गरेको हो । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको लत्ताकपडा, रजनीगन्धा तथा पान मसला बरामद गरिएको हो ।  एपीएफ
टोलीले त्यसवेला उक्त सामानहरु ल्याउन प्रयोग भएको ४ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।  बरामद सामान तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य करीब ९ लाख रुपैयाँ रहेको छ ।

यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिरसियास्थित सीमा ईलाकाबाट साउन २० गते एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा ईलेक्ट्रोनिक्स सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.