एपीएफ टोलीद्वारा स्रोत नखुलेको २१ लाख रुपैयाँसहित एक पक्राउ

एपीएफ टोलीद्वारा स्रोत नखुलेको २१ लाख रुपैयाँसहित एक पक्राउ

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ हनुमान चोकबाट साउन २० गते एपीएफ टोलीले स्रोत नखुलेको २१ लाख २२ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको महोत्तरी गाउँपालिका–१ डामी बस्ने ३५ वर्षिय सुरेन्द्र ठाकुर छन् । हनुमान चोकबाट ज ११ प १७३२ नम्बरको मोटरसाइकलमा जलेश्वरतर्फ जाँदै गरेका ठाकुरलाई एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनको साथमा उल्लेखित रुपैयाँ फेला परेको तथा उनले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका ठाकुरलाई बरामद रकमसहित आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभाग महोत्तरीमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.