एपीएफ टोलीद्वारा ५० हजार रुपैयाँ बराबरको पटाका बरामद

एपीएफ टोलीद्वारा ५० हजार रुपैयाँ बराबरको पटाका बरामद

महोत्तरी जिल्लाको सीमा क्षेत्रबाट साउन २३ गते एपीएफ टोलीले करीब ५० हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको छ ।

सशस्त्र प्रहरी गुल्माका डिएसपी विष्णु धितालले भारत झारखण्डको बाबाधाम पुगेर फर्किएका बोलवम सवार भाडाको जिपलाई भन्सार क्षेत्रनजिक आकस्मिक चेक गर्दा पटाका फेला परेको बताए । सबै पटाका ठूलो कार्टुनमा लुकाइएको थियो ।

तीर्थयात्राबाट फर्केका सवारीको जाँच नहुने ठानेर पटाका तस्करले समय र साधनको दुरुपयोग गरेको सशस्त्र प्रहरीको अनुमान छ । बरामद पटाका तिहार र छठलाई लक्षित गरी अहिले नै ल्याएको प्रहरीले जनाएको छ ।

जिपमा सवार बोलवम तीर्थयात्रीले पटाकाबारे अनभिज्ञता प्रकट गरेकाले सशस्त्र प्रहरीले कसैलाई पक्राउ नगरेको जनाएको छ । बरामद पटाका जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.