शान्ति स्थापनाका लागि खटिएका सशस्त्र प्रहरीको टोली स्वदेश फर्कियो

शान्ति स्थापनाका लागि खटिएका सशस्त्र प्रहरीको टोली स्वदेश फर्कियो

संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनाका लागि खटिएका सशस्त्र प्रहरी बलको एक टोली कार्यकाल पुरा गरेर स्वदेश फर्किएको छ ।

सफलता पूर्वक फर्किएका टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले शुक्रबार एक कार्यक्रमका बीच स्वागत गर्नुभयो ।

स्वागत कार्यक्रममा बोल्दै महानिरीक्षक पौडेलले समस्या ग्रस्त मुलुकमा शान्ति स्थापना गर्ने कार्यमा टोलीले पुर्याएको योगदानले अन्तर्राष्ट्रियस्तरमा राष्ट्र र संगठनको शिर उच्च बनाउन मद्दत पुगेको बताउनु भयो । साथै स्वदेश फर्किएपछि समेत आफ्नो पदीय दायित्व अनुसार कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्न प्रयत्नशिल रहन सबैमा आग्रह गर्नुभयो ।

उहाँले (यूएन) मिसनमा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग सहकार्य गर्दै प्राप्त जिम्मेवारी निर्वाह गर्ने क्रममा हासिल गरेको ज्ञान र अनुभवलाई स्वदेश फर्किएपछि राष्ट्र र संगठनको हितमा उपयोग गर्न समेत आग्रह गर्नुभयो ।

गत बर्ष गएको सशस्त्र प्रहरी बलको टोली एक बर्षसम्म युनाइटेड् नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयु)को रुपमा खटिएको थियो ।

नायव उपरीक्षक खुमबहादुर के.सी.को कमाण्डमा स्वदेश फर्किएको टोलीमा एपीएफ अधिकृत, विल्लादार तथा जवानसहित ४६ जना रहनु भएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.