एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधी बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको औषधी बरामद

पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दा गाउँपालिका ३ स्थित बेलासपुरबाट भाद्र १ गते एपीएफ टोलीले करीव तीन लाख ११ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको छ ।

बरामद औषधी एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.