एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

सुनसरी जिल्लाको ईनर्वा नगरपालिका ४ हनुमान चोकबाट भाद्र २ गते एपीएफ टोलीले करीब तीन लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा सुर्ती बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेक्वा सुनसरीबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । उक्त ठाउँमा जाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एक यात्रुबाहक बस र को. ८ प ३३६ नम्बरको मोटरसाइकालबाट उक्त सामान बरामद गरिएको हो ।

एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.