एपीएफ टोलीद्वारा करीब ७ लाख रुपैयाँ बराबरको चौपाया बरामद

एपीएफ टोलीद्वारा करीब ७ लाख रुपैयाँ बराबरको चौपाया बरामद

सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ७ हाटीबाट एपीएफ टोलीले करीब पाँच लाख रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते उल्लेखित रकम बराबरको ४० वटा खसी बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते करीब एक लाख ९० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ ।

एपीएफ टोलीले रौतहट जिल्लाको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीस्थित सीमा ईलाकाबाट दुई वटा भैंसी र नौ वटा पाडा बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.