एपीएफ टोलीद्वारा सालको गोलीया काठ बरामद

एपीएफ टोलीद्वारा सालको गोलीया काठ बरामद

बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ स्थित खैरापुरबाट भाद्र १ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको सालको गोलीया काठ बरामद गरेको छ ।

सोही ठाउँमा वेवारीसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको ४७ क्यूफिट उक्त काठ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण हेक्वा बर्दियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद काठ आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय गुलरियामा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.