एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

सर्लाही जिल्लाको कोडैना गाउँपालिका ४ बाट भाद्र ५ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले उक्त साइकलसहितै बरामद गरेको हो ।

त्यसवेला लत्ताकपडा ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा तथा साइकल छाडी भागेका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा साइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव एक लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चाँदीको गहना, मोटर पार्टस् र लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट बरामद गरेको हो ।

बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बझाएको छ ।

यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ स्थित प्रितिपुर ईलाकाबाट एपीएफ टोलीले भाद्र ५ गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.