एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट भाद्र ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १४ बस्ने २३ वर्षिय आशिष रुम्वालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ३५ प ५०७३ नम्बरको स्कूटरमा सवार निज रुम्वालाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम १२ वटा, नोफिन १२ वटा र फेनारागन १२ वटा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले पक्राउ परेका निज रुम्वालाई बरामद लागूऔषध तथा उक्त स्कूटरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवडाबाट भाद्र ४ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकाको मानन्धर चोक बस्ने २९ वर्षिय विजेन्द्र झा छन् ।  उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो ।

ज ६ प ४१३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज झालाई शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स २ बोतल र स्यामोक्स ट्याब्लेट ४४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका झालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएइएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.