एक सय ४० वटा खसी र ट्रक सशस्त्रको नियन्त्रणमा

एक सय ४० वटा खसी र ट्रक सशस्त्रको नियन्त्रणमा

बर्दिया जिल्लाको गुलरिया नगरपालिका–१२ टेशनपुरबाट भाद्र ६ गते १४० वटा खसीसहितको ट्रक सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रूपमा काठमाडौंतर्फ लैजान लागेको ना६ख ९४९२ नं ट्रकसहित १४० वटा खसी प्रहरीले शुक्रवार नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताए ।

पछिल्लो समयमा तस्करहरुले बर्दियाबाट अवैध रूपमा बिना भन्सार भारतीय खसीहरू छिराएर काठमाडौँसम्म पुर्याउन गरेका छन् ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.