स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा

स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यस्थापन तालीम शिक्षालय कुरिनटार चितवनले स्वास्थ्यकर्मीसहितको एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

नेपाल एम्बुलेन्स सर्भिस (एनएसको) को सहकार्यमा आकस्मिक सेवा तथा उद्धार प्रयोजनका लागि आइतबारदेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

उक्त एम्बुलेन्समा एक जना स्वास्थ्यकर्मी साथमा रहने नेपाल एम्बुलेन्स सर्भिसका महासचिव शारदाभक्त रञ्जितले बताए। एम्बुलेन्सभित्रै अत्यावश्यक प्राथमिक उपचार गरिने भएकाले दुर्घटनाका घाइतेको बाटैमा मृत्यु हुने सम्भावना कम हुने उनले बताए । अत्यधिक दुर्घटना हुने हाइवे क्षेत्र भएकाले यस सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमार्फत एम्बुलेन्स सञ्चालन गरिएको महासचिव रञ्जितको भनाइ छ ।

उनका अनुसार अत्याधुनिक उपकरण, अत्याधुनिक उपचार विधि र आकस्मिक स्वास्थ्यकर्मी (इएम्टीएस्) साथमा उपलब्ध भएकाले गर्दा हस्पिटल पुग्नुभन्दा पहिला नै एम्बुलेन्सभित्र अत्यावश्यक चिकित्सा सेवा प्रदान गरिन्छ ।

(एनएस) को लक्ष्य भनेको बिरामीका लागि आकस्मिक स्वास्थ्यकर्मीसहितको द्रुत एम्बुलेन्स, उपचारको सुनिश्चितता गर्नका लागि पूर्ण सुविधा र आवश्यक अस्पतालबीच समन्वय सेवा परिचालन गर्नु हो । उनले एनएसले देशभर १० वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको जानकारी दिए ।

बढी मात्रामा सडक दुर्घटनाका बिरामीलाई तत्काल स्वास्थ्य उपचार दिँदै अस्पतालसम्म पु¥याउनु पर्ने अधिक आवश्यकता रहेको हुनाले एम्बुलेन्स सञ्चालनसँगै अबदेखि घाइतेको उद्धारपश्चात सुरक्षित उपचार पनि सम्भव हुने सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किशोर प्रधानले बताए । रासस

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.