एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्ट्ससहित पक्राउ

एपीएफ टोलीद्वारा चोरीपैठारीको मोवाईल पार्ट्ससहित पक्राउ

महोत्तरी जिल्लाको गौशाला नगरपालिका १ स्थित रामनगरबाट मंसीर ७ गते एपीएफ टोलीले करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोवाईल पार्ट्स सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ३ धुमथान बस्ने ३० वर्षिय सुकमान कामी छन् । गौशालाबाट बर्दिवासतर्फ जाँदै गरेको बा ५ च ३४४२ नम्वरको मारुती भ्यानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उल्लेखित मुल्य बराबरको चोरीपैठारीको मोवाईल पार्ट्स फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका निज कामीलाई बरामद मोवाईल पार्ट्स तथा उक्त भ्यानसहित आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय महोत्तरीमा बुझाईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.