एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

बारा जिल्लाको सुवर्ण गाउँपालिका ३ स्थित सन्तगंजबाट मंसीर १५ गते एपीएफ टोलीले करीव तीन लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा भाडावर्तन सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कबहीगोठबाट खटिएको एपीएफ टोलीेले बरामद गरेको हो ।

त्यसबेला सामान ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान छाडि भागि फरार भएका थिए ।

यसैगरि रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बडहराबाट मंसीर १६ गते एपीएफ टोलीले करीव दुई लाख आठ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

गौरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना ३ ख ५०३४ नम्वरको यात्रुवाहक बसबाट उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १६ गते सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुनेबाट करीव एक लाख ३६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ८९०९ नम्वरको यात्रुवाहक बसमा एपीएफ टोलीले शंका लागि जाँच गर्दा उक्त लत्ताकपडाको बिल नभेटिएपछि बरामद गरिएको हो ।

बरामद लत्ताकपडा सेतुबन्धु मुल भन्सार कार्यालय कोशी व्यारेज सुनसरीमा बुझार्ईएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.