सीमामा सशस्त्र चेकपोष्ट दोब्बर थप्ने सरकारको निर्णय

सीमामा सशस्त्र चेकपोष्ट दोब्बर थप्ने सरकारको निर्णय

सीमा सुरक्षा गर्न सरकारले नेपाल भारत सीमामा सशस्त्र चेकपोष्ट थप गर्ने भएको छ ।

बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सीमामा सशस्त्र चेकपोष्ट ११४ वटा थप गर्ने जानकारी दिएका हुन्।

यसअघि सीमामा १०७ वटा सशस्त्रको चेकपोष्ट रहेको थियो । चेकपोष्ट थप गरिएसँगै अब २२१ वटा चेकपोष्ट हुने भएकाछन् ।

सुरक्षा व्यवस्था सुदृढ बनाउन र सीमा सुरक्षा गर्न सशस्त्रको चेकपोष्ट थपिएको सरकार प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.