एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्ताकपडा बरामद

रुपन्देही जिल्लाको रोहेणी गाउँपालिका २ स्थित मैनीहवाबाट पौष २२ गते एपीएफ टोलीले करीव ९ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट पजरकट्टीबाट खटिएको एपीएफ टोलील बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमजुवाबाट खटिएको एपीएफ टोलीले पौष २३ गते करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको बैदी नगरपालिका ७ स्थित बडाबंकुलबाट बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुझाएको छ ।

Facebook Comments
Facebook Comment

अरु समाचार

©crimenewsnepal 2018 - All Right Reserved.